www.tandavnews.com
Fact ~ In search of truth

भेरोसेल खोपको दोस्रो मात्रा आजबाट लगाइँदै 

पोखरा/ताण्डव न्यूज

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आजदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । खोप लगाएर २१ दिन पूरा गरेकारूलाई देशैभर दोस्रो मात्राको  खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखा प्रमुख डा.झलक गौतमले जानकारी दिए ।

उनका अनुसार दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म चलाउने तयारी मन्त्रालयको छ । यो व्यवस्था गण्डकी, बागमती र लुम्बीनी प्रदेशमा कार्यान्वयनमा आउने भए पनि अरु प्रदेशमा भने केही दिन परसम्म पनि खोप अभियान चल्न सक्छ ।

Batas

दोस्रो डोज खोप लगाउन आउनेले अनिवार्य रूपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो मात्रा लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.