www.tandavnews.com
Fact ~ In search of truth

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

नयाँ दिल्ली ।

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् ।

शनिबार विहान सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन । जवकी अघिल्लो दिन ४० हजार १२० जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।

Batas

भारतमा अहिलेसम्म कुल तीन करोड २१ लाख ५६ हजार ४९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

त्यसैगरी भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ६७३ पुगेको पनि अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको १.२१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो सङ्ख्या केही धेरै हो । अघिल्लो दिन तीन लाख ३५ हजार २२७ रहेको थियो ।

भारतमा सङ्क्रमणमुक्त भएकाको प्रतिशत ९७.४५ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म तीन करोड १३ लाख ३८ हजार ८८ मानिस सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३५ हजार ७४३ जना पछिल्लो २४ हजार सङ्क्रमणमुक्त भएका हुन् ।

त्यसैगरी ४७८ जनाको पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाको कुल सङ्ख्या चार लाख ३० हजार ७३२ पुगेको छ ।

रासस/एएनआई

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.