www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय 

पोखरा/ताण्डव न्यूज

आजदेखि तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीले तीन दिन अधिकांश स्थानमा वर्षा हुने बताईन् । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने उनको भनाई छ । बिहान साढे ५ बजे महाशाखाले निकालेको सूचनामा बर्दियास्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बबईको तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा रहेकालाई दिउँसोसम्मै सतर्कता अपनाउन भनिएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.