www.tandavnews.com
Fact ~ In search of truth

एकताका लागि सक्रिय रहन एमालेको आह्वान

नेकपा (एमाले) ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागि पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले बैठकले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन आग्रह गरेका छन् । केही साथीले पार्टी छाडेर जाने तयारी गरेका भन्दै त्यस्तालाई नजानसमेत उनले आग्रह गरेका थिए ।

Batas

एमाले प्रवक्ता ज्ञवालीले जुन उद्देश्यका साथ संसद् स्थापना भएको थियो, गठबन्धन पार्टीले त्यसअनुरुप काम नगरेको आरोप लगाएका छन् ।

‘संसद्मा विचाराधीन कैयौं विधेयकको टुंगो लगाउनुपर्ने र जनसरोकारका कैयौं विषयमा छलफल गर्नुपर्नेमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ । यो कार्य गठबन्धन सरकारले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धता बमोजिमसमेत छैन’ उनले बताए ।

बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराएको जानकारी दिइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.