www.tandavnews.com
Fact ~ In search of truth

एनआरएनए आइसिसी युवा उपाध्यक्षमा गुरुङको उम्मेदवारी

युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । करिब २ दशकदेखि नेदरल्यान्डबाट विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समितिमा सन् २०२१–२३ का लागि उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०११ देखि एनआरएनएको विभिन्न समितिमा रहेर कामको अनुभव सँगालेका गुरुङले ‘अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका हुन् । लामोसमय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्यान्ड समितिको सदस्य हुँदै २०१५–१७ मा अध्यक्ष बनेका थिए ।

यस्तै २०१७–१९ मा एनआरएनए आइसिसी सदस्य हुँदै उनले वर्तमान कार्यकाल २०१९–२१ मा युवा समितिको कोर्डिनेटर जस्तो महत्वपूर्ण पद सम्हालेका छन् । संघका हरेक समिति, गतिविधि र अभियानलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माझ लोकप्रिय छवि बनाएका छन् ।

Batas

पोखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका उनले उम्मेदवारी घोषणापछि गैरआवासीय नेपालीको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिक्रिया दिए ।

हरेक विपदका साथै समस्यापरेका बेला देश तथा विदेशमा रहेका नेपालीलाई विभिन्न रुपमा सहयोगसमेत गर्दै आएका उनले आफूले बोलेको कुरा कुनै हालतमा पूरा गरेर देखाउने बताए । आफ्नो उम्मेदवारीले विश्वमा छरिएर रहेका नेपाली युवामा उत्साह जगाएको भन्दै गुरुङले युवा एकता आजको आवश्यकता रहेको बताए ।

त्यस्तै उनले नेपालको समृद्धि र विकासमा सामूहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिँदै नेपाल सरकारसँग समन्वय गर्ने र स्वदेशमा लगानीको वातावरण सिर्जना गर्न भूमिका खेल्नेसमेत प्रतिवद्धता व्यक्त गरे । त्यससँगै विभिन्न देशमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न नीतिगत पहलकदमीसमेत लिने उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.