www.tandavnews.com
Fact ~ In search of truth

बुद्ध एयरले पोखराबाट सिमरा सिधा उडान सञ्चालन गर्दै

प्रादेशिक उडान विस्तारमा केन्द्रित पोखराबाट सिमरा सिधा उडान सञ्चालन गरिँदै राजधानी काठमाडौंबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ ।

पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्ध एयरले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान बिस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । सुरुआतमा साताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् । यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उडानबाट दुवै प्रदेश तथा सहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ ।

Batas

प्रादेशिक उडानले दुवै ठाउँको पर्यटकीयस्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सिमरा÷वीरगञ्ज वरिपरी रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्नेछन् । वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिमरा÷वीरगञ्जका बासिन्दाले पनि पर्यटकीय सहर पोखरा तथा वरिपरीर रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्नेछन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय सहर पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि रु १० हजार ९ सय ९९ मा २ रात ३ दिनको प्याकेज, जसमा २ तर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्वीन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ । बुद्ध एयरसँग एटिआर–७२ जहाज १० वटा, एटिआर–४२ जहाज ३ र क्राफ्ट २ वटा रहेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.