www.tandavnews.com
Fact ~ In search of truth

विद्यालय समय हेरफेर, ९ बजेदेखि ४ बजेसम्म चलाउने सरकारको तयारी

काठमाडौं ।

हाल आधिकारिक रहेको विद्यालय समय परिवर्तन गर्ने सरकारले तयारी गरेको छ ।

सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म राख्ने तयारी गरेको छ । अहिले विद्यालय समय १० बजेदेखि ४ बजे सम्म रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्नरगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

Batas

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक सचिव महेशप्रसाद दाहालको अनुसार यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरामा छलफल भइरहेको छ ।विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने एकै हुनाले सडकमा सवारी चाप बढ्ने र ट्राफिक जामको समस्या हुने भएकाले विद्यालय समय हेरफरे गर्ने तयारी गरेको जनाइएको छ ।

शिक्षा मन्त्रालयले विद्यालय सन्चालनको नयाँ समय लागू गराउने विषयमा सरोकारवालासँग छलफल गर्दै आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.