www.tandavnews.com
Fact ~ In search of truth

पोखराको महेन्द्रपुलमा सडक भासियो , जोखिममा घरहरु (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं ९ महेन्द्रपुलमा सडक भासिएको छ । सेलवेज डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँक आडमा ४ मिटर जमिन भासिएको कास्की प्रहरीका डिएसपी सुवास हमालले जानकारी दिए । हमालका अनुसार गएराती करिब ९ बजेतिर सडक भासिएको हो ।

Batas

सडक भासिदा चार घर जोखिममा परेका छन् । भासिएको ठाउँमा प्रहरी र स्थानीयको सहयोगमा ढुंगा गिटीले पुर्ने काम भईरहेको डिएसपी हमालले बताए । उक्त क्षेत्रमा खानेपानी विस्तारका लागि सडक खनिएको र खनेको ठाउँमा माटोले मात्र पुरेका कारण भेल पसेर सडक भासिएको स्थानीयहरुको भनाई छ ।

पोखरामा हिजो बेलुका करिब ७ बजेदेखि निरन्तर वर्षा भईरहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.