
गोरखा ।
प्रभु बैंक लिमिटेडले गोरखा नगरपालिका वडा नं १० छेपेटारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले १९४औं शाखा कार्यालयको रुपमा छेपेटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको गोरखा नगरपालिकाका मेयर राजन राज पन्त एक समारोहका विच उद्घाटन गरेका थिए ।गोरखा नगरपालिकाका मेयर तथा प्रमुख अतिथि पन्तले उद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

पन्तले नयाँ शाखाबाट सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत पन्तले आग्रह गरे ।
क्रार्यक्रममा नगरपालिका वडा अध्यक्षहरु तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको सहभागीता रहेको थियो ।कार्यक्रममा गोरखा शाखा प्रबन्धक सन्तोष अर्यालले बैंकको सेवा सुबिधाको बारेमा प्रकाश पारे । कार्यक्रमको संचालन प्रभु बैंकका गण्डकी प्रदेशका प्रदेश अधिकृत राजु रानाले गरेका थिए ।
यो सँगै प्रभु बैंकको देशभरि १९४ शाखा पुगेको छ । बैंकको ८ अर्ब ८९ करोड भन्दा बदी चुक्ता पुजी रहेको छ।नयाँ शाखाबाट गोरखा क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको र ग्राहकको सेवा सुबिधामा कुनै कसर बाँकी नराख्ने बैंकका गण्डकी प्रदेश प्रमुख शान्ति शेरचनले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.