www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ८ जना जुवाडे पक्राउ

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

शनिबार बेलुका तास खेलिरहेका जुवाडेलाई रामबजारबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरुकाे साथबाट प्रहरीले २११ पत्ती तास नियन्त्रण लिएको छ ।

पक्राउ पर्नेमा पोखरा १३ मियापाटन बस्ने ४४ बर्षीय सूर्यकुमारी गुरुङ, पोखरा ११ रानीपौवा बस्ने ३८ बस्ने ललितकुमार बस्नेत, सोही ठाउँमा बस्ने ३५ वर्षीय रुपक बस्नेत, बागलुङ जैमिनी हाल पोखरा ११ फुलबारी बस्ने ४० वर्षीय दीपक खड्का, पोखरा ७ बस्ने ३१ वर्षीय सूर्य थापा, धादिङ घर भई पोखरा ११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा १३ बस्ने ४० वर्षीय आश गुरुङ र लमजुङ राइनास घर भई पोखरा १० बस्ने ४४ वर्षीइ कमला गुरुङ पक्राउ परेका हुन् ।

Batas

प्रहरीले हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.