www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बहुमुखीको भवन निर्माणार्थ कोषाध्यक्षको सहयोग ३ लाख, जुटाए थप रकम

ताण्डव न्यूज

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पस यतिबेला आफ्नै भवन निर्माणमा जुटेको छ ।

सोही क्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष शंकर गुरुङले बिहीबार भवन निर्माणस्थल शान्तिवनमा ३ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । साथै, कोषाध्यक्ष गुरुङकै पहलमा थप ६ लाख रुपैयाँ जुटाई क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।

Batas

गुरुङद्वारा सहयोग र संकलित रकम क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनलाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा संचालक समितिका अर्थ संयोजक बद्री श्रेष्ठलगायतका पदाधिकारी एवं क्याम्पस प्रमुख शिशुकला पराजुलीको उपस्थिति रहेको थियो ।

विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसले पोखराको शान्तिवन नजिकै भवन निर्माण सुरु गरेको छ । आगामी शैक्षिकसत्रसम्म भवन निर्माण पुरा गरी कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको क्याम्पस प्रमुख पराजुलीले बताइन् ।

‘सामुदायिकस्तरको क्याम्पस भएकाले समुदाय र सरकारी निकायसँग आवश्यक रकम उपलब्ध गराउने विषयमा पहल भइरहेको छ’ पराजुलीले भनिन् ‘कोरोना संक्रमण केही कम भएकाले निर्माणलाई तीब्रता दिई आगामी शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्नेछौं ।’

हाल स्नातक तहअन्तरगत व्यवस्थापन र मानविकी संकायमा कक्षा संचालन भइरहेको र यथाशीघ्र नयाँ विषय सन्चालनमा ल्याउने क्याम्पस प्रमुख पराजुलीले जानकारी दिइन् । स्मरणीय छ, क्याम्पसले हालै विद्यार्थीलाई कोरोना विरुद्धको खोप प्रदान गरी भौतिकरुपमा कक्षा सुरु गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.