www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकाले अफगानीहरुलाई देश छोड्न उक्साएको छः तालिबान प्रवक्ता मुजाहिद

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएको छ । मंगलबार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

तर उनले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाएका छन् । तालिबानले अमेरिकाले अफगानीहरुलाई देश छोड्न उक्साइरहेको आरोप लगाएको छ । अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा बढी मानिस विदेश गएको बताइएको छ । तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन् ।

अफगानिस्तानका कामकाजी महिलाहरु तत्कालका लागि घरमै बस्नुपर्ने तालिबानले बताएको छ । सुरक्षाको उपयुक्त प्रणाली स्थापित नभएसम्म कामकाजी अफगान महिलाहरु घरमै बस्नुपर्ने तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका हुन् । उनले यो अल्पकालीन व्यवस्था भएको स्पष्ट पारेका छन् ।

Batas

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो महिनाभित्र अफगानिस्तानबाट विदेशी नागरिकको उद्धार गरिसक्ने बताएका छन् । बेलायत, फ्रान्स, जर्मनीसहितले उद्धार अभियानको समयसीमा अगस्ट ३१ बाट बढाउन अमेरिकालाई दबाब दिइरहेका छन् । तर अमेरिकाले भने अहिलेसम्म अगस्ट ३१ कै समय सीमा रहेको बताएको छ । एजेन्सी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.