www.tandavnews.com
Fact ~ In search of truth

ठोकर्पा बस दुर्घटनामा २ को मृत्यु, ४१ घाइते

ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो ।

घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, १ जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०/४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए ।रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.