www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकमसमेत घट्यो

मंगलबारजस्तै धितोपत्र बजारमा आज पनि सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर ३ हजार ७६.४४ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ । कुल २ सय २७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर रु १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५ सय ४ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरणसमेत ओरालो लागेको छ । नेप्सेका अनुसार कुल रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २९.४७, व्यापार ४१.१९, होटल तथा पर्यटन ५१.३१, विकास बैंक १६५.५९, जलविद्युत् १३.४, वित्त २१.२९, निर्जीवन बीमा ४२२.५३, उत्पादन १६२.६५, अन्य ३२.७२, लघुवित्त ५७.१, जीवन बीमा ३५४.७४, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२२ विन्दुले ओरालो लागेका छन् ।

Batas

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ७१ लाख ५ हजार ३ सय ४६ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर रु ४८ करोड ७० लाख ६५ हजार २ सय १८, अरुण भ्याली हाइड्रोपावर रु ४६ करोड ७१ लाख ११ हजार ३ सय ७, नेसनल हाइड्रोपावर रु ३६ करोड २८ लाख १० हजार ४ सय ४१ र आइसिएफसी फाइनान्स रु ३५ करोड ९७ लाख ८० हजार २ सय ३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो । माउण्टेन इनर्जी नेपाल ७.६९, दिव्यश्वरी हाइड्रोपावर ३.२६ र साधना लघुवित्तका लगानीकर्ताले २.७१ प्रतिशतले कमाए ।

यस्तै खानीखोला हाइड्रोपावर ९.९८, जानकारी फाइनान्स ६.०६, जनरल इन्स्योरेन्स कम्पनी ५.६९, नेपाल फाइनान्स ५.५६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.