www.tandavnews.com
Fact ~ In search of truth

म ‘सिपाही’ मा भर्ना भए, जिम्मेवारी जे दिए पनि तयार छुः भट्टराई

ताण्डव

पोखराको पुराना पर्यटन व्यवसायी एवं राष्ट्रिय खेलाडी गणेश भट्टराई आज औपचारिकरुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट खादा लगाई भट्टराई कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि ताण्डवन्यूजसँग कुरा गर्दै भट्टराईले आजबाट सिपाहीमा भर्ना भएको प्रतिक्रिया दिए ।

Batas

‘म आजबाट नेपाली कांग्रेसको ‘सिपाही’ मा भर्ना भएको छु’ भट्टराईले भने, ‘मेरा औपचारिक राजनीतिक यात्रा सुरु भयो ।’ लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा आस्था राखेका भट्टराई लेकसाइडको पुरानो र नाम चलेको बुमर्याङ रेष्टुरेन्टका मालिक हुन् । पोखरा १७ स्थायी ठेगाना भएका भट्टराई राजतन्त्रप्रति उदार रहेको बताइन्छ ।

कांग्रेसमा प्रवेश गरेपछि पोखरा महानगरको मेयरमा टिकट पाउने चर्चा चलिरहेकोबारे सोधिएको प्रश्नमा भट्टराइले भने, ‘भर्खर सिपाही भएको छु, विश्वास गरेर दिइएको कुनै पनि जिम्मेवारी निभाउन तयार छु ।’

भट्टराईसँगै अन्य पर्यटन व्यवसायीहरु पनि कांग्रेसमा प्रवेश गरेका छन् । पोखराको पर्यटन व्यवसायमा सक्रिय रहेका गोपीबहादुर भट्टराई, सुनिलबहादुर भट्टराईलगायत करिब दर्जन हाराहारीको संख्यामा कांग्रेस प्रवेश गरेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.