www.tandavnews.com
Fact ~ In search of truth

 बाढीले बगाउँदा १ महिलाको मृत्यु, बालिका बेपत्ता

रासस
दक्षिण ललितपुरको बाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको संगमस्थल शुभाने खोलामा १ महिलाको ज्यान जानाका साथै १ बालिकासमेत बेपत्ता भएकी छिन् ।

विगत ३ दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर खोलातर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी ८ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए । स्थानीयबासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुन् भने बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न नसकेको बताए ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए । विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुव्बानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.