www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण क्लिनकलको पोखरामा विशेषज्ञ सेवा

ताण्डव

काठमाडाैंका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरुले पोखरामा आएर सेवा दिएका छन् । क्लिनिकलमा हरेक दिन पोखराकै विशेषज्ञ चिकित्सकहरुले सेवा दिँदै आएकोमा काठमाडौंका चिकित्सकहरुले पनि सेवा दिएका हुन् ।

पोखराको मियापाटनमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले यसको चाँजोपाँजो मिलाएको हो । काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा कार्यरत सुगर, थाइराईड तथा हर्मोन रोग विशेषज्ञ डा श्रद्धा श्रेष्ठ र धुलीखेल अस्पतालका मुटुरोग विशेषज्ञ तथा सर्जन डा. सतिस वैद्यले शनिबार बिरामीहरुको जाँच गरेको क्लिनकलका सञ्चालक मणि न्यौपानले जानकारी दिए ।

Batas

उनका अनुसार ५५ जनाले थाइराईड सम्बन्धि र २३ जनाले मुटुरोग सम्बन्धि जाँच गराएका थिए । अबदेखि हरेक महिनाको दोस्रो शनिबार काठमाडौंबाट विशेषज्ञ डाक्टरहरुको माध्यमबाट सेवा दिने सञ्चालक न्यौपानेले बताए । उक्त क्लिनकलमा हरेक दिन बिहान ७ः ३० देखि ११ बजे सम्म र बेलुका ३ बजे देखि ८ बजेसम्म डा. शम्भु बास्तोलाद्वारा नियमित रुपमा बिरामीको जाँच हुँदै आएको र कोभिडपछि देखिने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै पोस्ट कोभिड प्याकेजको समेत सेवा दिइरहेको न्यौपानले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.