www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद्ले पर्सिसम्ममा पूर्णता पाउने

ताण्डव

मन्त्रिपरिषद्ले पर्सि पूर्णता पाउने भएको छ । मन्त्रीपरिषद् विस्तारका लागि सत्तारुढ दलहरू छलफलमै व्यस्त भएकोले पर्सिसम्ममा पूर्णता दिने तयारी भएको सत्तारुढ दल नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिए ।

आजसम्ममा विस्तार गर्ने तयारी गरेको भए पनि आजै विस्तारको सम्भावना कम देखिएको उनको भनाइ छ । मगलबार कसैले पनि मन्त्रीको नाम नदिने मान्यता रहेका कारण पनि पर्सिमात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको नेता विश्वकर्माले बताए । मन्त्रीपरिषद् विस्तारका लागि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.