
पोखरा ।
सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरको आयोजना तथा एसटी क्रियसनको व्यवस्थापनमा पोखरामा भइरहेको फरक शैलीको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस फिटनेस सिजन २ को सेल्फ ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।
प्रतियोगीताका १३ जना प्रतिस्पर्धीले ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन र बौद्धिक कला जस्ता प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्डमा निर्णायकहरुमा मिस गण्डकी सिजन ४ की फस्ट रनरअप तथा नृत्य निर्देशक जस्मीन गुरुङ, हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन १ को बिजेता तथा होटलपोखरा बाटिकाको एफएनबी म्यानेजर रेशम कुमाल र बरिष्ठ फोटोग्राफर सुरज श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए ।


आगामी चैत्र ३ गते शनिबारको दिन होटल पोखरा ग्रान्डमा बिबिध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुदैछ ।
‘स्वस्थ र तन्दुरुस्त हुनुनै सुन्दर हुनु हो’ भन्ने नारालाई आत्मसाथ गदै मोटोपना भएका महिलाहरुले पनि सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने अवसर प्रदान गराई महिला तथा युवा पुस्ताहरुको आफ्नो हक, अधिकार र कर्तब्यको बिषयमा नयाँ पुस्तालाई जानकारी गराई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरकी संञ्चालक तथा जुम्बा प्रशिक्षक रितु गुरुङले जानकारी गराए ।
एलुरी बुटिको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस एण्ड मिसेस फिटनेस २०१८ की उपाधि विजेताले क्राउन सहित ५० हजार रुपैयाँ बराबरको आकर्षक पुरस्कार पाउनेछन् त्यस्तै फस्ट रनर अपले २५ हजार रुपैयाँ बराबरको आर्कषक पुरस्कार र सेकेण्ड रनर अपले १५ हजार रुपैयाँ बराबरको आर्कषक पुरस्कारको साथै अवार्ड प्रमाणपत्र आदि पाउनेछन् भने अन्य उपविद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्थाकै जुक्बा प्रशिक्षक खुशी थापाले जानकारी गराए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।