www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सभा सदस्य कार्की योजना अनुगमनमा

पोखरा ।

कास्की निर्वाचन क्षेत्र न २(१) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाको अनुगमनलाई तिब्रता दिएका छ्न। कार्किले प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०७९/८० मा निर्बाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत प्राप्त २ करोड रुपैयाका विभिन्न बिकास आयोजनाको अनुगमन गरेका हुन् ।

कार्किले रु ३० लाख रुपैयाँमा स्तरोन्नति हुँदै गरेको पोखरा ३३ स्थित भञ्ज्याङ् – आपु = कस्यारी सडक स्तरोन्नति , सोही वडाको रु ३० लाख लागतमा स्तरोन्नति हुँदै गरेको हनुमान पोखरी-भिमशाही सडक , सो वडाको रु १० लाखमा निर्माण हुँदै गरेको धारापानी सिढी बाटो, पोखरा २१ मा रू २०/२० लाखमा निर्माण हुँदै गरेका पुरानो सिम्ले सडक र बक्रेक कात्तिके सडक तथा पोखरा १५ स्थित २० लाखमा निर्माण हुँदै गरेको एकतापथ टुटुङ्गा मोटरबाटो, पोखरा १७ को रू ५० लाखमा निर्माण सम्पन्न हुँदै गरेको सहरी स्वास्थ चौकिहुदै महत गौडा निस्कने ढलान बाटो अनुगमन गरेका हुन् ।

Batas

स्थानीय उपभोक्ता, जन प्रतिनिधि र प्राबिधिक सहित अनुगमनमा पुगेका कार्कीले गुणस्तरमा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र सरोकारवालाहरूलाइ निर्देशन दिए .

कार्कीको निर्बाचन क्षेत्र कास्की २(१) का सबै योजनाहरूको करिब ९५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमै सम्पन्न हुने उनको सचिवालयले जानकारी दिएको छ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.