www.tandavnews.com
Fact ~ In search of truth

एकैसाथ ३७ विद्यार्थी बिरामी

रुकुम ।
रुकुम (पूर्व)कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् ।

आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारबाटै एक÷दुईजनामा यस्तो समस्या देखिएको तर आज ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अहिले एकैपटक ३७ जना बिरामी भएका छन् । अहिले बिरामी उपचारको लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गएको वडाध्यक्ष सेनले बताए । रासस

फाइल तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.