www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नाटक मञ्चनको तयारी

पोखरा ।

पोखरामा नाटक मञ्चनको तयारी भएको छ । भाद्र ८ गते शुक्रबारबाट पोखरा थिएटरको गन्र्र्धव नाटकघरमा मञ्चन हुने द्धन्द्धको समयमा बेपत्ता पारिएका नागरिकको परिवारको समस्या बारेको नाटक मञ्चन हुन लागेको हो ।

तीन दिने नाटक मञ्चन कार्यक्रममा नेपालका विभिन्न ठाउँका कलाकारको अभिनय हेर्न पाइनेछ । नाटकमा किरण चाम्लिङ राई, चेतन आङथुपो, आकाक्षा कार्की, रेनुका कार्की, पशुपती राई, परिवर्तन, श्रकर रिजाल, सुदाम सिकेको साथमा पोखरा थिएटरका कलाकारको अभिनय रहनेछ । सिजन दाहाल र केदार श्रेष्ठको आलेख, बिमल सुवेदीको सहजिकरण र राजन खतीवडाको संयोजनमा नाटक तयार भएको हो । ध्वनीमा सोनाम लामा र बारात लिम्बुले सघाउनेछन् ।

Lama collectio News Middle

नेपालका विभिन्न ठाउँका निर्देशक स्वंम आफैले अभिनय गर्ने यो नाटक पोखरा थिएटरसँगको सहकार्यमा पोखरामा मञ्चन गरिदैछ । प्रयोगात्मक नाटक भएकोले पोखरेली दर्शकले यसबाट फरकपनको महशुस गर्नेछन् । मण्डला थिएटर नेपालको आयोजनामा भएको युवा निर्देशक कार्यशालामा सहभागी भएका निर्देशकले यो नाटकलाई उत्कृष्ट बनाउन मेहनत गरेका छन् ।

कार्यशालामा देशभरबाट १४ जना निर्देशकले सहभागीता जनाएका थिए । बेपत्ताका परिवारसँगको छलफल गरी नाटक तयार पार्न लागिएको हो । पोखरा पश्चात यो नाटकलाई बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मञ्डला थिएटर काठमाण्डौमा मञ्चन गरिने नाट्यकर्मी सोमनाथ खनालले जनाए ।

यसअघि सन् २०१६ मा बेपत्ता पारिएका नागरिकको परिवारको समस्या विषयमा आधासत्य नाटक मञ्चन गरिएको थियो । मण्डला थिएटरले राष्ट्रिय बेपत्ता नागरीक परिवार सञ्जालसँग मिलेर विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop