www.tandavnews.com
Fact ~ In search of truth

लायन्स लेकसिटीद्धारा ५४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ताण्डव

लायन्स क्लब अफ पोखरा लेकसिटीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत अध्ययनरत ५४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

डिस्ट्रिक्ट चिफ एडभाइजर राजेन्द्रकुमार बाटाजु, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, उपाध्यक्ष पवनकुमार प्रजापति, क्लबका अध्यक्ष कैलाश पालिखे, द्धितीय उपाध्यक्ष सोवितमान बुद्धाचार्यलगायतले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेन्द्रकुमार बाटाजुले आर्थिकस्तर कमजोर भएका विद्यार्थीलाई सघाएर क्लबले उदाहरणीय कार्य गरेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बालश्रम न्यूनीकरण अभियानअन्तर्गतका विद्यार्थीलाई सहयोग पु¥याएकोमा क्लबलाई धन्यवाद ज्ञापन गरे । संघका उपाध्यक्ष प्रजापतिले आर्थिकस्तर कमजोर भएका २ जना विद्यार्थीलाई एसर्ईईसम्मको खर्चको व्यवस्था गर्ने वाचा गरे । लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष कैलाश पालिखेले सामाजिक सेवा भावले विद्याथीलाई सहयोग गरिएको बताउँदै यस्तो सहयोग निरन्तर रहने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.