www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर अस्पतालको फार्मेसीमा अख्तियारको छापा

चितवन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले आज भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।

फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजपत्र परिवर्तन नहोस् भन्ने उद्देश्यले फार्मेसीसँग सम्बन्धित आर्थिक वर्ष २०७३/७४ यताका कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी समेत रहेका उनको भनाइ थियोे । अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद, बिक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लगेको जनाइएको छ ।

Batas

सापकोटाले बीमा गरेका र अन्य बिरामीले औषधि नपाएको भन्ने गुनासो पनि रहेको जानकारी दिए । फार्मेसी अध्ययन गरेकालाई जिम्मेवारी दिनुपर्नेमा लामो समयसम्म अहेवको भरमा फार्मेसी रहेको थियो । बोलपत्रबमोजिम औषधिको म्याद सकिएर खेर गए पनि फार्मेसी जिम्मा लिनेहरुले आफ्नो अनुकूलका व्यक्तिसँग मात्र खरिद गरेको भन्दै व्यवसायीले विरोध जनाउँदै आएका थिए । अस्पतालमा गत एक वर्षमा सात मेडिकल सुपरिटेण्डेन्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.