
पोखरा
ताण्डव न्यूज ।
१. कस्ता किताब पढ्नुहुन्छ ?
सामान्यत साहित्य, सामाजिक मुद्दा, शिक्षासँग सम्बन्धित र दर्शनसँग सम्बन्धित पुस्तकहरु बढी पढ्ने गर्छु ।

२. अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
Non Violent Communication अर्थात् अर्थतन्त्र र The One Thing
३. जीवनमा पुस्तकको महत्व कत्तिको हुन्छ ?
‘मान्छेले मात्र पुस्तक पढ्छ’ मान्छेलाई आफ्नो बौद्धिक, तार्किक, सिर्जनात्मक, जीव जगत र जीवनको अध्ययन, चिन्तन र बुझाईको दायरा फराकिलो बनाउन पुस्तकको महत्वपूर्ण भूमिका हुन्छ । पुस्तक विनाको मान्छेको संसार साँघुरो अँध्यारो र अत्यास लाग्दो हुन्छ भन्ने मलाई लाग्छ । पुस्तक स्वयम् साथी हो ।
४. तपाईलाई मन परेको पुस्तक ?
थुप्रै छन, स्वयम्को नाम लेख्न साध्य पनि छैन । त्यही पनि खलिल जिव्रानका किताबहरु, ओशो रजनिसका किताबहरु, जे कृष्ण मूर्तिका किताबहरु, सिल्भालेभीको नेपाल, नेपालमा गरिबमाथि एक अध्ययन, हिन्दूका चार अध्ययन, सरुभक्तका नाटक तथा उपन्यासहरु, डाइनाटिक्स, Rich Dad Poor Dad, I have a dream हालसाल प्रकाशित किताब मध्य, नि सङकोच अभिव्यक्ति, नथिया, पाठशाला इत्यादी ।
५. मन नपरेको पुस्तक पनि होला नि ?
छन् । केही समय अगाडि छापिएको राजनीति र पुलिसले लेखेका आत्मकथाहरु, नगरकोटीको मिस्टिका, महेश भण्डारीको म महेश, कस्तुरी “क” आदि ।
६. उपहार दिँदा कस्ता किताब दिनुहुन्छ ?
खलिल जिब्रानको ‘द प्राेक्टा ’ त थुप्रैलाई दिएको छु । ओशोका पुस्तकहरु पनि अरुलाई दिन मन पराउँछु आफ्नो रुचि अनुसारकै किताब दिन्छु ।
७. नेपालका उत्कृष्ट लेखक ?
म लेखन र कृतिबाट बढी प्रभावित छु र व्यक्तिबाट कम प्रभावित छु ।
८. पुस्तकका लागि के कति खर्च गर्नुहुन्छ ?
मेरो माासिक, वार्षिक खर्चको हिसाब किताब राख्ने बानी छैन । मन परेका किताब पाउँदा निकै खर्च हुन्छ ।
९. केटाकेटी हुँदा घरमा कस्ता किताब थिए ?
नेपाली र हिन्दी उपन्यासहरु र मासिक म्यागजिनहरु नै हुन्थे ।
१०. नयाँ पुस्तलाई किताबतिर कसरी तान्ने ?
घरमा बाबु आमा र विद्यालयमा शिक्षक र साथीहरु एवं प्रेरक व्यक्ति किताब सम्बन्धमा बालबालिकासँग कुरा गर्ने, निर्देशनात्मक होइन सहज रुपमा गफ गरे जस्तै, घरमा राम्रा किताबहरु ल्याउने र पढ्ने साथै पुस्तकालयबाट किताब ल्याएर पढ्ने अनि बच्चाहरुलाई पनि उनीहरुका निम्ति लेखिएका किताबहरु पढ्न उत्प्रेरित गर्ने, बच्चाहरुसँग गफिएर बस्ने, गफ गर्न लागि पनि केही न केही विषय चाहिन्छ । किताब पढ्ने बानीले बच्चाहरुलाई गफ गर्ने विषय दिन्छ र राम्रा विषयमा गफ गर्नका लागि किताब सबैभन्दा राम्रा सहायक हुन सक्छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.