www.tandavnews.com
Fact ~ In search of truth

इजरायल जानेका लागि परीक्षाको मिति असोज दोस्रो सातासम्म टुंगो लाग्ने

ताण्डव
सरकारले असोज दोस्रो सातासम्म इजरायल जानेहरूको टुंगो लगाइसक्ने गरी तयारी सुरु गरेको छ । जसका लागि वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रुपमा जान आवेदन दिई स्वीकृत भएकाहरुको लागि परीक्षा मिति तोकिसकेको छ ।

लिखित परीक्षा र अन्तर्वातामा सफल १ हजार ४ सय इजरायल जाने छन् । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका छन् । लिखित परीक्षाका लागि १६ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाको नतिजा २ दिनभित्र प्रकाशन गरेर १० देखी १२ दिनभित्र अन्तर्वाता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरी इजरायल सरकारलाई उपलब्ध गराउने विभागको योजना छ । इजरायल जान १ लाख ६५ हजार खर्च लाग्छ भने उनीहरूले मासिक १ हजार ६ सय डलर पारिश्रमिक पाउँछन् ।

पहिलो चरणमा ७ सय महिला र ३ सय पुरुष गरी १ हजार कामदार इजरायल जाने भएपनि योग्यता पुगेका १ हजार ४ सयको सूची सरकारले इजरायल सरकारलाई उपलब्ध गराउने छ । इजरायलले कामदार छनोट गरी विभागलाई उम्मेदवारको करारनामामा हस्ताक्षरसहित पठाउने छ । विभागले सम्झौता गराइ दूतावासमा पठाउने छ । सम्झौता भएको ३० दिनभित्र श्रमिक इजरायल गइसक्नुपर्ने प्रावधान छ । वैदेशिक रोजगार व्यवसायीले भने सरकार आफैँले कामदार पठाउनु नीति विपरित भएको आरोप लगाउँदै आएका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.