www.tandavnews.com
Fact ~ In search of truth

एमाले संसदीय दलको बैठक आज बस्दै, स्थायी कमिटी बैठक पनि जारी रहने

ताण्डव

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सवा १२ बजे लोहत्से हलमा बस्ने छ । पार्टीका प्रमुख सचेत विशाल भट्टराईले संसदमा कसरी प्रस्तुत हुने मुख्य एजेन्डाका साथ संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । उनले सभामुखले प्रतिपक्षसँग कुनै पनि समन्वय र छलफल नै नगरी बैठक अगाडि बढाएको र आफूहरूले उठाएका मागको बारेमा जवाफ नदिएसम्म बैठक चल्न नदिने पनि बताए । उनले एमालेको स्थायी कमिटी बैठक आज पनि जारी रहने जानकारी दिए । बैठकमा विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने भट्टराईले बताए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.