www.tandavnews.com
Fact ~ In search of truth

‘राष्ट्रिय फुटसलको उपाधि जित्नेमा आशावादी छौं’

पोखरा/ताण्डव न्यूज

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा पहिलो पटक राष्ट्रिय फुटसल लिग पोखरा रङ्गशालास्थित कभर्डहलमा आयोजना गर्दैछ । आगामी असोज २ देखि २२ गतेसम्म सञ्चालन हुने लिगमा देशभरबाट गण्डकी प्रदेशको २ टोली सहित कुल १० टिमले प्रतिस्पर्धा गर्नेछ । गण्डकी प्रदेशको छनौट प्रतियोगिताबाट सविन मेमोरियल फुटसल टिम र स्पोर्टस् क्यासल छनौट भएको छ । यही टिमले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दैछन् ।

टिम क्यासलले असोज २ गते साढे ४ बजे प्रभातफेरी युवा क्लबसँग पहिलो खेल खेल्ने एन्फाले सार्वजनिक गरेको टाईसिटमा उल्लेख छ । लिग नजिकिदै गर्दा यतिबेला क्यासलको टोली विष्णु गुरुङ र अर्विन गुरुङ नेतृत्वको प्रशिक्षणमा व्यस्त छन् । यही लिगसँग सम्बन्धित रहेर ताण्डवकर्मी अर्जुन गाहा (सुशान्त)ले प्रशिक्षकद्वय गुरुङसँग सोधेको ७ प्रश्न संक्षेपमाः

Batas

१. नेपालमा पहिलो पटक हुन गईरहेको पहिलो राष्ट्रिय फुटसल लिगप्रति कस्तो अपेक्षा छ ?

एकदमै उत्साहित छौ । प्लेयरहरु सबै राम्रा छन् । भाईहरुले ट्रेनिङमा आफ्नो शत प्रतिशत दिईराछन् । त्यो पर्फमेन्स हेर्दा उपाधि जित्ने आशा पनि छ । निकै उत्साहित छौ ।

२. तपाईहरुको प्रशिक्षण कहिलेदेखि भइरहेको छ ?

लिग भदौमा हुन्छ भन्ने थियो । कोरोनाले गर्दा स¥यो । त्यसकारण असारमा ट्रेनिङ सुरु गरेका थियौ, पछि रोकियो । भदौदेखि निरन्तर छ । हाल अहिले अन्तिम चरणमा छौ ।

३. फुटसल र फुटबलमा फरक के छ ?

खेल्ने मैदान (सर्फेस), प्रयोग हुने म्याटदेखि लिएर नियम नै फरक हुन्छ । गोलरक्षकले ४ सेकेन्ड भन्दा होल्ड गर्न पाउदैन । त्यो समयावधिमै किकआउट गर्नुपर्ने हुन्छ । दुईवटा कन्डिशनमा बाहेक ब्याकपास दिन पाउँदैन । यो नियमहरुले गर्दा फरक छ । त्यसैगरी खेल्ने बलको साईज नै सानो हुन्छ । लो बाउन्स हुने बल हुन्छ ।
हाई स्पिड गेम हुन्छ । हन्ड्रेड पर्सेन्ट दिएर खेल्ने हो । एउटा प्लेयर २ या ३ मिनेट खेल्छ । यसमा अनलिमिटेड प्रतिस्थापन हुन्छ । कुल १४ वटा खेलाडी हुन्छ । हाई स्पीडको गेम भएर यी सबै खेल्नुपर्छ ।

४. स्पोर्टस् क्यासलको टोलीमा सबै अनुभवी र पोखरेली खेलाडी मात्रै छन् ?

सबै पोखरेली छैनन् । तीन जना काठमाडौका खेलाडी छन् । क्षितिज गुरुङ हाम्रो टोली कप्तान हुनुहुन्छ । सरोज गुरुङ र दिपेश घले । त्यसैगरी ‘ए’ डिभिजन खेल्नुभएका खेलाडीहरु पनि हुनुहुन्छ । पोखराबाट अधिकांश खेलाडीहरु छन् । नेशनल फुटसल टोलीको पूर्व कप्तान विजय गुरुङ, र राष्ट्रिय खेलाडी बिनोद गुरुङ पनि हाम्रो टोलीमा हुनुहुन्छ । हाम्रो टिम प्राय अनुभवी खेलाडीले भरिभराउ छ ।

५. तपाईको टिमको बलियो पक्ष, अर्थात भनौ जित्ने आधार के हो ?

मुख्यतः प्रशिक्षण नै हो । अन्य टिमको भन्दा फरक प्रशिक्षण भइरहेको छ । भाईहरुले पनि मेहनत गरिरहेका छन् । नेशनल फुटसल टोलीको मुख्य प्रशिक्षकले नै क्लोज क्याम्पमा ट्रेनिङ दिईरहनुभएको छ । प्रशिक्षण अनुसार खेलाडीको स्तरमा सुधार भइरहेको छ ।

६. लिगमा देशैभरीबाट कुल १० टिमले प्रतिस्पर्धा गर्दैछ, अन्य टिमको भन्दा तपाईहरुको फरक के छ ?

धेरै कुराहरु फरक छन् । पहिलो त हाम्रो ‘होम ग्राउण्ड’ भयो । दोस्रो अफिसियल तथा दर्शकको साथ छ । र खेल रणनीति फरक छ । मेन कुरा भनेको हाम्रो खेलाडीहरुको टिम सेटिङ राम्रो छ । पोखरा मात्रै नभई सिङ्गो गण्डकी प्रदेशकै प्रतिनिधित्व गरेर खेल्दैछौ । त्यसैले क्लोजक्याम्पमा सिकेको कुरालाई गेममा पनि उर्ताछन् भन्ने आशा छ । जे होस् युनिटी भएर राम्रै पर्फमेन्स दिन्छन् र रिजल्ट पोजेटिभ दिन्छन् भन्नेमा विश्वस्त छु ।

७. उपाधि (१० लाख)मा दाबी गर्न सक्नुहुन्छ ?

खेलले प्रभाव पार्न सक्छ । खेलडीहरुले कस्तो खेल्छन् भन्नेमा भर पर्छ । सबैभन्दा पहिलो खेललाई प्राथमिकता दिएका छौ । जुन प्रभातफेरी युवा क्लबसँग खेल्दैछ । त्यसपछि उपाधि रक्षाको विश्लेषण हुनेछ । हुनत हरेक गेम हाम्रो लागि महत्वपूर्ण छ । तर पहिलो र दोस्रो खेलमा फोकस गरेका छौं । यसर्थ, हाललाई पहिलो खेल हाम्रो प्राथमिकतामा हुनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.