www.tandavnews.com
Fact ~ In search of truth

देशभर पछिल्लो २४ घन्टामा १ हजार ५ सय ६२ संक्रमित थपिए, १९ जनाको निधन

आज एकै दिनमा १ हजार ५ सय ६२ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४ सय ४३ मा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । नेपालमा संक्रमणको दर १९ दशमलव ३ प्रतिशत पुगेको छ ।

हाल सक्रिय संक्रमित २६ हजार २ सय २ रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १२ र २ सय भन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै आज १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ७ लाख ४२ हजार ३ सय ३ संक्रमति संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९ सय ८४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३ सय ७० दशमलव २ जनाको कोरोना संक्रमणबाट निधन हुने गरेको छ ।

Batas

हाल ४ सय ५३ सघन उपचार कक्ष ‘आइसियु’, १ सय ३७ जना भेन्टिलेटर, २४ हजार ६ सय ९० होम आइसोलेसन, १ हजार ५ सय १२ जना संस्थागत आइसोलेसन र २ सय २३ जना क्वारेन्टिनमा रहेका छन् । आज ८८ हजार १ सय ८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २ सय ३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.