www.tandavnews.com
Fact ~ In search of truth

मणिपाल किनबेच प्रकरणबीच सामाजिक सञ्जालमा बतास, फोस्रो तर्कशास्त्रीप्रति लक्षित

ताण्डव

पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पताल बेचविखन भएको विषय यतिबेला निकै चर्चामा छ । व्यवसायी, राजनीतिज्ञ, बुद्धिजिवि, पत्रकार, मानवअधिकारकर्मीदेखि सर्वसाधारणसम्मले यस विषयमा चासो राखिरहेका छन । सामाजिक सञ्जालदेखि विभिन्न मिडियाले समय उक्त विषयलाई प्राथमिकता दिईरहेका छन् । कतिपयले मणिपाल खरिद विक्रीको नकारात्मक टिप्पणी गरिरहेका छन् भने कतिपयले पोखरेलीहरुले नै खरिद गर्नु सकारात्मकसमेत भनेका छन् ।

Batas

यसै सेरोफेरोमा उक्त अस्पताल खरिदकर्ता मध्ये बतास अर्गनाईजेशनका अध्यक्ष आनन्दराज बतासले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गतिशिल समाजका लागि आलोचना जरुरी भएपनि सिर्जनात्मक आलोचना हुनुपर्ने तर्क गरेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘गतिशील समाजका लागि आलोचना पनि जरुरी हुन्छ तर त्यो आलोचना सिर्जनात्मक हुनुपर्छ र सँगसँगै तथ्यमा आधारित । फोस्रो तर्कले केहीबेर भीडपछि लगाउन सकिएला तर त्यो दिगो हुँदैन र अन्ततः त्यसले पेशेवर तर्कशास्त्रीहरूकै इज्जत माटोमा मिलाउन सक्छ ।’

उनको उक्त स्टाटसले कुनै व्यक्ति र विषयप्रति प्रत्यक्ष ईंगित नगरेपनि त्यसको भाव भने मुलतः मणिपाल शिक्षण अस्पताल खरिद बिक्रीकै सन्दर्भमा केन्द्रित भएको अनुमान गर्न सकिन्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.