www.tandavnews.com
Fact ~ In search of truth

डेङ्गुबाट ४८ को मृत्यु

काठमाडौँ।

हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

४६ जनामा कोरोना सङ्क्रमण पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख एक सय ९१ पुगेको छ । आज १७ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । अहिलेसम्म नौ लाख ८७ हजार चार सय ६१ जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ छ ।

हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् । आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.