www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

बागलुङ

संगठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका १० वटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो ।

पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र जैमिनी नगरपालिकाको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ ।

Batas

यस्तै काठेखोला गाउँपालिकाको अध्यक्षमा कृष्ण थापा, सचिवमा लक्ष्मी थापा रोका, ताराखोला गाउँपालिकाको अध्यक्षमा दिवस खत्री, सचिवमा फूलमाया पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा मिलन रेश्मी, सचिवमा वीरेन्द्र बुढा, निसीखोला गाउँपालिकाको अध्यक्ष कुवीर विक सचिवमा भरत पुनलाई जिम्मेवारी तोकिएको संयोजक गैरेले बताए ।

तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्रकुमार छन्त्याल, सचिवमा नारायण घमाल र बरेङ गाउँपालिकाको अध्यक्षमा मुकुन्द गौतम र सचिवमा सन्तबहादुर श्रीसले जिम्मेवारी लिएको हो । नेकपा नेतृत्वमा रहेका पदाधिकारीलाई कायमै राखिएको र रिक्त रहेका पदमा नयाँलाई जिम्मेवारी तोकिएको संयोजक गैरेको भनाइ छ ।

नेकपा छँदा सचिवको जिम्मेवारीमा रहेका अहिले अध्यक्षको जिम्मेवारीमा आएका छन् भने सचिवमा नयाँले अवसर पाएका छन् । मुख्य नेतृत्वबाहेक कार्यसमिति सदस्य भने पूर्ववत् स्थितिमै पार्टीमा क्रियाशील रहेको माओवादी केन्द्रले जनाएको छ । यसअघि पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका थिए । ८५ वटै वडामा नयाँ कमिटी बनेको संयोजक गैरेले जानकारी दिए ।

तल्लो तहदेखि नै संगठन पुनर्गठनमा लागेको सो पार्टीले वडा, स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रको सम्मेलन तोकेको छ । नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी संगठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुनर्गठनमा जानुपरेको सो पार्टीले जनाएको छ ।

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.