www.tandavnews.com
Fact ~ In search of truth

पसल अगाडि व्यापारी मृत फेला, हत्याको आशंका

बैैतडी

बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।

महरा पसल अगाडि मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ । स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.