www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आव्हान

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक डाकेका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको लागि छलफल गर्नेगरि प्रधानमन्त्री देउवाले बिहान १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् ।

संसदमा भएका दलहरुमध्ये काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् ।

Batas

२३ भदौमा शुरु भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ ।

यसैबीच मन्त्रिपरिषदको बैठक पनि आजका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक नै बस्न लागेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.