www.tandavnews.com
Fact ~ In search of truth

फेवाकिनारमा डब्लुएचओको ‘वाक दि टक’

पोखरा, ताण्डव न्यूज

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को व्यस्त जीवनपनलाई स्वस्थ राख्ने उद्देश्यका साथ सुरु गरिएको ‘वाक दि टक’ कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजिराव पाण्डवसहितको टोलीले पोखराको बाराहीघाटदेखि बंलादीसम्मको करिब २ किलोमिटर फुटट्रयाकका हिँडेर सो कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपालमा प्रमुख डा. पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्य सुरु भएको ‘हिँड्दै कुरा गर’ (वाक दि टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।

Batas

उनले विश्वभरीनै कोभिड १९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेका जनाउँदै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताए । सोही क्रममा डा. पाण्डवले पोखराको पहिलोपटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए ।

उनले भने, ‘पोखरा निकै सुन्दर लाग्यो, हिमश्रृंखला र तालतलैया निकै लोभलाग्दो रहेछ ।’ उनले पोखरामा पहिलोपल्ट ‘वाक दि टक’ कार्यक्रम भएको जनाउँदै यसले एकअर्काबीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने बताए ।

डा. पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दैै स्वस्थ जीवनयापनमा ध्यान दिन उनको आग्रह थियो ।

डब्लुएचओको ७० औं वार्षिकोत्सवको अवसरमा सन् २०१८ देखि वाक दि टक अभियान सुरु भएको हो । यस अभियान नेपालको लुम्बिनी, काठमाडौ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओ नेपालका सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा आकस्मिक रुपमा स्वास्थ्यमा काम गर्ने डब्लुएओका प्रतिनिधिहरुसँगको रिभ्यू कार्यशाला चलिरहेको छ, सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरुसहितको टोलीले पोखराको फेवाकिनारमा हिँड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको थियोे ।

उनले व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिँड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदै एकअर्काबीच कुराकानी गर्दा शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने बताए । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिँडौ भन्ने सन्देशका दिनका लागि पनि फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।

पदयात्रा अघि कार्यक्रममा सहभागीहरुले फेवा किनारमा योगध्यानसमेत गरेका थिए । डब्लुएचओ प्रतिनिधिसहित पोखराका विभिन्न क्षेत्र र संघ संस्था र प्रतिनिधि सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.