www.tandavnews.com
Fact ~ In search of truth

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका ६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका ६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.