www.tandavnews.com
Fact ~ In search of truth

गोर्खाकाे महेन्द्र माविलाई नेपाल स्काउट गण्डकी समितिद्धारा स्काउट पोसाक वितरण

यस वर्षमा गण्डकी प्रदेशभित्र १० हजार विद्यार्थीलाई स्काउट बनाउने

पोखरा, ताण्डव न्यूज

नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा गोर्खा नगरपालिका- १२ स्थिति महेन्द्र माध्यमिक विद्यालयमा आइतबार स्काउट पोसाक वितरण गरेको छ ।

नेपाल स्काउट गण्डकी प्रदेशले बालबालिका तथा युवा वर्गलाई कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सूयोग्य नागरिक बनाउने उद्देश्यले आज पोसाक वितरण गरिएको हो ।

Batas

नेपाल स्काउट गण्डकी प्रदेश सम्योजक आशीर्वाद सुवेदीको प्रमुख अथितिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । स्काउट गण्डकी प्रदेश सदस्य राजन कट्टेल स्काउट, गण्डकी प्रदेश स्काउट सदस्य साजन सुवेदी, कार्यालय प्रमुख विजय पौडेल, विद्यालयका प्रधानाध्यापक गोपाल मरहट्ठालगायतको उपस्थितिमा पोसाक वितरण गरिएको हो ।

नेपाल स्काउटका संयोजक आशीर्वाद सुवेदीले यस वर्षमा गण्डकी प्रदेशभित्र १० हजार विद्यार्थीलाई स्काउट बनाउने कुरा व्यक्त गरेका थिए । उनले स्काउटबाट नै सभ्य नागारिक बनाउन सकिने कुरा व्यक्त गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.