www.tandavnews.com
Fact ~ In search of truth

माैसम पूर्वानुमान : देशका थोरै ठाउँमा पानी पर्ने सम्भावना

पोखरा
ताण्डव न्यूज ।

आज देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भारतको बिहार आसपास रहेको न्यूनचापिय क्षेत्रको प्रभावले आज देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भइ थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Batas

यस्तै राति पनि थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.