पाेखरा ।
कास्की जिल्ला साइकल संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेश विकास समितिका अध्यक्ष दिपक कोइरालाको अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम कास्की जिल्ला साईकल संघका सचिव जगन विश्वकर्माले सन्चालन गरेका थिए। कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुवास सिग्देलले स्वागत मन्तव्य राखे ।
कार्यक्रमका अध्यक्ष तथा कास्की जिल्ला साइकल संघका निवर्तमान अध्यक्ष दिलिप राज श्रेष्ठले वार्षिक प्रतिवेधन प्रस्तुत गर्नुका साथै साइकल सिटीको अवधारणालाई संघले पुर्याएको योगदानलाई जोड्दै कास्की जिल्लालाई साइकल सिटीमा अझ सम्भाव्यता रहेकाले साइकल ट्रेल र यसको लागि गरिएको कार्यलाई उल्लेख गरेका थिए । साथै सचिव ईन्द्र गुरुङले अार्थिक प्रतिवेधन प्रस्तुत गरेका थिए ।साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले साइकलको महत्त्व बारे प्रकाश पार्दै आगामी दिनमा सहकार्य गरि कार्यक्रम गर्ने बताए।
प्रमुख अतिथी कोईरालाले चार वर्षमा गरिएका कार्यहरुको प्रशंसा गर्दै अब सात ताल जोड्ने साइकल ट्र्याकको निर्माण कार्य गर्ने कुरामा जोड दिए। साथै सबै उमेर समुहमा साइकलले हुने फाईदाहरुलाई लिएर जनचेतनामुलक कार्यक्रम आयोजना गर्नु पर्ने बताए।
उक्त कार्यक्रमको बन्द सत्रमा नयाँ कार्य समितिको चयन भए । समितिकाे अध्यक्षमा शंकर भण्डारी, प्रथम उपाध्यक्षमा सुवास सिग्देल, द्धितय उपाध्यक्षमा अशोक चालिसे,सचिवमा जगन विश्वकर्मा र कोषाध्यक्षमा ईन्द्र गुरुङ चयन भए । पुष्प कमल पौडेल, हरि थापा, तीर्थ राज अवस्थी, कमल नेपाली जमुना थापा र अब्राहम खान समिती सदस्य चयन भएका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।