www.tandavnews.com
Fact ~ In search of truth

एमाले नेता खगराजको खुलासाः प्रधान न्यायधीशले केपी ओलीसँग पनि मागेका थिए ‘काेटा’

पोखरा/ताण्डव न्यूज

संघीय सांसद, पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य खगराज अधिकारीले मन्त्रीको कोटा माग्ने प्रधान न्यायधीशको प्रस्ताव एमालेले अस्विकार गरेको खुलासा गरेका छन् ।

नेकपा एमाले पोखरा-२८ कमिटिले बिहिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रधान न्यायधीशले एमालेसंग पनि प्रस्ताव राखेको बताए । “सर्वोच्चका प्रधान न्यायधीशले केपी ओलीसँग पनि माग्या थिए’, अधिकारीले भने,’तपाईहरु न्यायपालिकाको काम गर्नुस, हामी व्यवस्थापिकाको काम गर्ने हो, हामी स्वतन्त्र निकाय हौँ समन्वय हुन्छ, मेरो काम मन्त्री बनाउने हो, तपाईको काम सरकारले गरेका काम कानून अनुसार नभए तपाईले हेर्ने हो, भनेर ओलीले भनेकै हो’, अधिकारीले भने ।

Batas

अहिले देउवासँग साझेदारीमा कुरा मिलेपछि बल्ल मन्त्रीपरिषद् विस्तार हुन लागेको अधिकारीको आरोप छ । ‘अहिले शेरबहादुरले राख्ने, दशैँ तिहारका बेला सबै मानिस रमझममा हुन्छन् यहि बेला झ्याप्प नाम थप्ने भनेर भागवण्डा भएको छ’, उनले भने,’त्यहि भएर एक दुई दिनमा सरकार बन्छ होला ।’

तीन महिनासम्म सरकारलाई पूर्णता समेत दिन नसक्ने गठबन्धनले विकास गर्छ भन्नु हास्यास्पद हुने अधिकारीले बताए । ‘३ महिना सरकार बन्नै लाग्यो, अब ३ महिना माला खादा लगाउँदा लगाउँदै जान्छ, यीनले अब १२ महिनामा क्यै गर्छन् ?’ अधिकारले भने । बाटोघाटो सडक पुल अहिलेको सरकारको प्राथमिकता नभएको बताउँदै अधिकारीले मेलम्चीको पानी काठमाण्डौ लैजान फेरिपनि एमालेकै नेतृत्व चाहिने बताए । जनताका विकासका चाहनाहरु एमाले मात्रैले पूरा गर्न सक्ने अधिकारीको दावी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.