www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका सांसद र पिएलाई ५० लाख बढी दशैं भत्ता पठाइयो

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाएपनि गण्डकी प्रदेशका सदस्यहरुको खातामा भने रकम निकासा गरिएको छ ।

प्रदेश सांसदहरुलाई बजेटमा उल्लेखित पारिश्रमिक ऐनअनुसार १ महिनाको तलबबराबरको भत्ता पठाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनअनुसार सांसदलाई उक्त रकम पठाइएको हो । प्रदेशका सांसदसँगै उनीहरुका सहयोगी (पिए)लाई समेत १ महिनाको तलब दशैं भत्तास्वरुप पठाइएको छ ।

Batas

प्रदेश सभामा हाल ५९ जना सांसद रहेका छन् । उनीहरुको मासिक तलब ५४ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, सभामुखको तलब ६२ हजार रुपैयाँ हाराहारी रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सांसद र उनीहरुका पिएको खातामा आज भत्ता पठाइएको हो ।

सांसद र पिएलाई १ महिना बराबरको तलब अतिरिक्त उपलब्ध गराउँदा ५० लाख रुपैयाँ बढी निकासा हुन्छ । हाल पिएको तलब ३० हजार २ सय रुपैयाँ तोकिएको छ ।

सचिवालय अन्तरगत ५ समिति छन् । समितिका संयोजकको भत्ता भने केही बढेर गएको छ । यसैगरी, प्रदेशका मन्त्रीहरुको दशैं भत्ता मुख्यमन्त्रीको कार्यालयबाट पठाइनेछ । मन्त्रीहरुलाई पनि १ महिनाको तलब बराबरनै भत्ता उपलब्ध गराउने परिपाटी रहेको छ ।

स्मरणीय छ, अघिल्लो वर्ष नेपाली कांग्रेसका १५ जना सांसदले दशैं भत्ता नलिने निर्णय नै गरेका थिए । सचिवालयले सांसदको भत्ता खातामा जम्मा गरिदिएपछि बैठकमार्फत ‘भत्ता नलिने र खातामा आएको भत्ता सरकारलाई नै फिर्ता गर्ने’ निर्णयपश्चात् उक्त भत्ता कोभिड कोषमा जम्मा गराइएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.