www.tandavnews.com
Fact ~ In search of truth

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रीय समिति पोखराको शुभकामना आदानप्रदान

पोखरा, ताण्डव न्यूज

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रीय समिति पोखराको आयोजनामा नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै नेपाल फिजिकल ट्रेनिङ एशोसियसन केन्द्रका अध्यक्ष अधिवक्ता मिनबहादुर गुरुङले एशोसियसनले कोरोना महामारीका कारण विभिन्न सामाजिक कामहरु गर्न नसकेको बताउँदै आगामी दिनमा कोरोना महामारी साम्य हुँदै गए संस्थाले आगामी कार्ययोजनाहरुलाई अगाडि बढाउने बताए । अझै पनि कोरोना महामारीको संक्रमण जारी रहेकोे बताउँदै सबै सदस्यहरुले सजकताका साथ चाडबाडहरु मनाउन आग्रहसमेत गरे ।

त्यस्तै समितिका संरक्षक याम गुरुङले संस्था आफैंमा संगठित रहेको बताउँदै कोरोनाले केही अफ्ठेरो परेता पनि आगामी दिनमा अझैं पनि संगठित भएर संस्थाको हकहितका लागि आआफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताए ।

Batas

समिति पोखरा क्षेत्रका अध्यक्ष गजबहादुर गुरुङले समितिमा आवद्ध रहेर ट्रेनिङमा सहभागिता जनाएका प्रशिक्षार्थीहरु कोहीकसैलाई पनि कोरोनाले छुन नसकेको बताउँदै फिजिकलनै स्वास्थ्यका लागि उचित चिज भएको पनि प्रस्ट रहेको बताउँदै आगामी दिनमा पनि सजगताका साथ अगाडी बढ्नुपर्ने बताए । समितिका महासचिव केहरसिंङ गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा क्षेत्रीय समिति धरान, काठमाडौं, बुटवल, दाङका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष केहरसिंङ गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सचिव जीतबहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.