www.tandavnews.com
Fact ~ In search of truth

श्रम मन्त्री श्रेष्ठकाे प्रतिबद्धता: ‘छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाइने’

दमौली ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे ।

उनले भने , “छाब्दीलाई जिल्लाको र गण्डकी प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक गन्तव्य बनाउने अभियानमा म विगतदेखि नै लागेको छु, भविष्यमा पनि दत्तचित्त भएर लाग्नेछु ।” मन्त्री श्रेष्ठले छाब्दीको विकासका लागि रु ५० लाखदेखि रु एक करोडसम्मको बजेट विनियोजन गराउने आश्वासन दिए ।

Batas

फरक प्रसङ्गमा उनले बेरोजगार युवालाई रोजगारी दिनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । कार्यक्रममा छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले छाब्दीको विकासका लागि गुरुयोजना बनाइएकाले सहयोगका लागि सरकारसँग आग्रह गरे ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.