www.tandavnews.com
Fact ~ In search of truth

थांका र हस्तकलाका सामग्रीभित्र लागूऔषध चरेस ओसारपसार

काठमाडौँ

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थांका र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा ७ किलो ९ सय ७७ ग्राम चरेस बरामद गरेको छ ।

ब्यूरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका ७ अभियुक्तलाई सार्वजनिक गरेका छन् । ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले ललितपुरको मानभवनस्थित ब्लुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा ९ थान थांका र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूरो प्रमुख हृदयेश थापाले जानकारी दिए ।

Batas

लागूऔषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख नगदसमेत बरामद गरेको छ ।

अनुुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ बाट सुुजन श्रेष्ठलाई चरेश दिने सिन्धुपाल्चोक लिसखु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थांकामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुुकाईछिपाई राखेको २ किलो ४० ग्राम चरेस फेलापारेको थियो ।

पर्सा सखुवापर्सोनी– १ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाईबुुनाई काम गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थांकामा प्रयोग हुने १ सय १३ थान लिस्टी र २ किलो ८ सय ७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूरो सफल भएको छ । प्रहरीले मकवानपुर–११ का रवि मोक्तानको कलंकीस्थित डेराबाट ९ ग्राम ५ सय मिलिग्राम चरेस बरामद गरेको हो ।

उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि २ ग्राम ५ सय मिलिग्राम चरेसहित पक्राउ परेका हुन् । निजले धादिङलगायतका स्थानबाट चरेस संकलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.