www.tandavnews.com
Fact ~ In search of truth

‘चियादानी’ को दसैं अफर, २ रुपैयाँमा १ कप चिया

पोखरा, ताण्डव न्यूज

चियाको मुल्य कति रु १५, २० अथवा २५ । तर पोखरामा २ रुपैयाँमा नै चिया पिउन पाइने भएको छ । विगत २ वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दसैंको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै २ रुपैयाँमा चिया पिलाउने भएको हो । यसका लागि ग्राहकसँग २ रुपैयाँको नोट हुनुपर्ने हुन्छ ।

जोसँग २ रुपैयाँको नोट छ, उसैले मात्र चिया पिउन पाउनेछ । ‘सिक्काको पैसा भएर हुँदैन, २ रुपैयाँको नोट नै चाहिन्छ’, संचालक सुदीप पौडेलले भने । उसो त पछिल्लो समय २ रुपैयाँको नोट हराउँदै गएको छ । नोटको संरक्षणका लागि पनि आफूले यो कन्सेप्टलाई अगाडि सारेको सुदीपको भनाई छ । ‘चिया पारखीका लागि यो अफर राम्रो हो, अनि मेरा लागि अवसर’, सुदीपले भने । जुन दसैं समयअवधिसम्म मात्र हुनेछ । भन्छन्, ‘यो एउटा दसैं अफर हो । चियादानी सामाजिक काममा समेत सक्रिय छ भन्ने सन्देश दिन हामीले यस्तो अफर ल्याएका हौं ।’

Batas

२ रुपैयाँको चिया पिलाउँदा आफूलाई घाटा हुने भएता पनि त्यसको प्रवाह नगरी ग्राहकलाई सेवा दिने उनले बताए । ‘२ रुपैयाँको चियामा समेत ग्राहकले २० रुपैयाँको जस्तै स्वाद पाउनुहुनेछ ।’

चियादानीमा ४० भन्दा बढी प्रकारका चिया पाइन्छ । छोटो समयमा चियादानीले राम्रो सफलता हासिल गरेको छ । पोखराको बगरबाट सुरु भएको चियादानीको आउटलेट चितवनमा समेत खोलिएको छ । निकटभविष्यमा नै देशका अन्य सहरमा समेत चियादानीको आउटलेट संचालनमा ल्याउने तयारी रहेको सुदीपले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.