www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा असोज महिनाभर १५३ सवारी दुर्घटना, १० को मृत्यु ९६ घाइते

पोखरा
ताण्डव न्यूज ।

असोज महिनाभर कास्कीमा साना ठूला गरी १ सय ५३ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा १० जनाको ज्यान गएको छ भने ९६ जना घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीको अन्नपूर्ण गाउपालिकाको हुँदुमा भएको जीप दुर्घटनामा ८ सहित ९ जनाले ज्यान गुमाएका हुन् । चाडबाडको समयमा हुनसक्ने दुर्घटना न्यूनिकरणका लागि पहल गर्दा गर्दै समेत विभिन्न सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले बताए । अधिकांश दुर्घटना मादक पदार्थ खाएर सवारी चलाएका कारण हुने गरेको उनको भनाई छ ।

Batas

यद्यपी लापरवाही रोक्न ठाउँठाउँमा ट्राफिक गस्ती तथा चेकजाँच समेत तिब्र बनाएर काम गरेको उनले दावी गरे । “हामीले गरेको चेकजाँचका कक्रममा असोज महिनाभर सानाठूला गरी ३ हजार ४ सय २७ वटा सवारी कारवाहीमा परेका छन् ”उनले भने “ कारवाहीका क्रममा २३ लाख ५२ हजार रुपैयाँ राजश्व शंकलन भएको छ ।” असोज महिनाभर ५१ हजार ६ सय ६७ वटा सवारीसाधन पोखराबाट बाहिरिएको ट्राफिक कार्यालय कास्कीको तथ्याङ्क छ ।

यसबीचमा हराएका १४ वटा सवारीसाधनमध्ये १३ वटा सवारी भेटिएका छन् भने एउटाको खोजी जारी रहेको बस्नेतले बताए । त्यस्तै चाडबाडको समयलाई लक्षित गरी पोखराको पृथ्वीचोक र बाग्लुङ बसपार्कमा राखिएको यात्रु सहायतका कक्षमा परेका ४३ वटा उजुरी सुनुवाई गरिएको बस्नेतले बताए । यात्रुहरुका सामान हराएको, सिट क्षमता भन्दा बढी यात्रु राखेको, गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेको, चालकले लापरवाही गरेको लगायतका गुनासोहरु सुनुवाई गरिएको उनको भनाई थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.