www.tandavnews.com
Fact ~ In search of truth

जंगलमा समातिए जुवाडे

गोरखा
ताण्डव न्यूज । 

गोरखाको पालुंटार नगरपालिका ५ को जंगलबाट जुवाखेल्दै गरेका ८ जनालाई पालुंटार प्रहरीले नियन्त्रणमा लिएको छ ।

पालुंटार नगरपालिका ५ को चिहानडाँडा जंगलबाट जुवा खेल्दै गरेका आठ जनालाई प्रदेश प्रहरीको टोलीले गोर्खा प्रहरीको सहयोगमा दिउँसो ४ बजे पक्राउ गरिएको प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले जानकारी दिए । उक्त जुवाको खालबाट ३ लाख ८७ हजार २ सय ५० रुपैयाँ पनि बरामद गरेको चौधरीले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्धा चल्ने प्रहरी निरिक्षक चौधरीले जानकारी दिए ।

Batas

पक्राउ परेका आठै जनालाई नै आज जिल्ला लगेर म्याद थप गरी थप अनुसन्धान गरिने उनले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.