www.tandavnews.com
Fact ~ In search of truth

घाचोक विपी स्मृति भवन निर्माणका लागि कृष्णकुमार श्रेष्ठद्धारा ६ आना जग्गा दान

पोखरा, ताण्डव न्यूज

माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका सभापति कृष्णकुमार श्रेष्ठले विपी स्मृति भवन निर्माणका लागि ६ आना २ पैसा दाम जग्गा दान गरेका छन् ।

‘म वास्तवमा कम्युनिष्ट विचारबाट प्रभावित थिए, तर विपीको समाजवाद अध्ययन गरेकै कारण म २०३६ सालबाटै कांग्रेसमा सक्रिय भएर लागें, श्रेष्ठले भने, ‘विपीको समाजवाद सबैलाई ल्याउन र पार्टीलाई बलियो बनाउनका लागि जग्गा दान गरेको हुँ ।’ माछापुच्छ्रे गाउँपालिका घाचोकको इकाइ समितिको बैठक तथा कार्याक्रम गर्न आफ्नो भवन नभएका कारण पार्टीका गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले लगभग ४० लाख रुपैयाँ बराबरको जग्गा श्रेष्ठले दान गरेको उनले बताए ।

Batas

सभापति श्रेष्ठले श्रीराम लम्साल, आशिष लम्साल भीममान श्रेष्ठ, मौसम कार्की, राजाराम पोखरेलसहित बुधबार मालपोत कार्यालय गई पूर्व सभापति तथा तत्कालीन गाविस अध्यक्ष तोयानाथ शर्मालाई पार्टीको प्रतिनिधि बनाई इकाइ समितिलाई जग्गा पास गरेको श्रेष्ठले बताए । विपी भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट केही सहयोग पाउने आश्वासन पाएको र बाँकी रकम संकलन गरी भवन निर्माण गरिने सभापति कृष्णकुमार श्रेष्ठले जानकारी दिए थिए ।

साथै समितिले शनिबार पार्टी प्रवेश गरेकालाई स्वागत तथा प्रशिक्षण कार्याक्रम रहेको सचिव राजाराम पोखरेलले जानकारी दिए । कार्याक्रममा गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिंज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको प्रमुख आतिथ्य रहने छ । विपी स्मृति भवन निर्माणका लागि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यसअघिनै शिलन्यास गरिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.