www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रमुख जिसी बसेको हरियोखर्क अस्पताल परिसरको गेस्ट हाउसमा शनिबार साँझ पुगेर मुख्यमन्त्री पोखरेलले शीघ्र स्वास्थ्य लाभको कामना गरे । अहिले काम र जिम्मेवारीका बारेमा चिन्ता नलिइ आराम गर्न मुख्यमन्त्रीले मेयर जिसीलाई सुझाव दिए । राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, कांग्रेस महाससमिति सदस्य गिरिराज गौतम, स्वकीय सचिव रञ्जना पोखरेल र प्रेस संयोजक भरत कोइराला मुख्यमन्त्रीसँगै पुगेका थिए ।

Batas

मुख्यमन्त्रीसँगले स्वास्थ्य अवस्थाका बारेमा सोध्दा प्रमुख जिसीले अहिले स्वास्थ्य राम्रोसँग सुधार हुँदै गएको र रुची अनुसारको खाना खान चिकित्सकले सुझाएको बताए । हाँसो गर्दै प्रमुख जिसीले भने, ‘मतवालीवाहेकका खानेकुरा खान डाक्टरले भनेका छन् ।’

साउन १ गते मष्तिस्कघात भएपछि तत्काल काठमाडौं लगेर प्रमुख जिसीको शल्यक्रिया गएिको थियो । शल्यक्रियापछि आराम गरेर असोज २३ गते उनी पोखरा फर्केका हुन् । अहिले नियमित फिजियोथेरापी गर्नुपर्ने भएकाले नयाँगाउँस्थित हरियोखर्क अस्पताल परिसरमा रहेको गेस्ट हाउसमा प्रमुख जिसी बस्दै आएका छन् । घरबाट आउन जान असहज हुने भएकाले गेस्टहाउसमै बसेको जिसीका छोरी ज्वाइँ राम भण्डारीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.