www.tandavnews.com
Fact ~ In search of truth

गाडीको ठक्करबाट निलगाईको मृत्यु, चालक गाडीसहित फरार

सप्तरी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट १ निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो ।

सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

Batas

मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.